कोन्ज्योसोम एग्रोटुरिजमको रूपमा विकास हुँदै

ललितपुर, २८ वैशाख । कोन्ज्योसोम गाउँपालिका एग्रोटुरिजमको रूपमा विकास हुँदै गएको छ । कोन्ज्योसोम गाउँपालिकाले ‘कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गरिरहेको छ । गाउँपालिकामा कृषि उपत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्णत अग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा बसोबास गर्ने अधिकांश स्थानीयको प्रमुख पेसा कृषि रहेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले “कृषि, पर्यटन, सांस्कृतिक, वातावरण र पुर्वाधार, सुशासन, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार !” भन्ने मूल नाराका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई एग्रोटुरिजमको रूपमा विकास गराउँदै आएको छ ।

कृषि क्षेत्रमा कोन्ज्योसोमबाट दैनिक ३० हजार लिटर दुध काठमाडौंमा जान्छ । आगामी दिनमा यो संख्या बृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । विभिन्न ठाउँमा कृषि र पशु फार्महरु र गाई फार्महरु सञ्चालन भएका छन् । गाउँपालिकामा किसानहरु आत्मनिर्भर बन्न सफल भएका छन् । किसानहरुले कृषि र पशुपालन सामुहिक प्रणालीमा काम गरेका छन् । यसमा गाउँपालिका र प्रदेश सरकारले अनुदान दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. २ मा यस ठाउँबाट खुवा, दहि, दुध र पनिर अन्य वडाबाट भन्दा धेरै उत्पादन भइ उक्त सामाग्री काठमाडौं पठाउने गरिएकोछ । अहिले गाउँपालिकाले“कोन्ज्योसोम जाऊँ,अग्र्यानिक वस्तु खाऊँ” भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेका अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका