ट्याक्टर र अटो ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौँ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति ८ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिकाप-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ । ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन चालकसहित भिरमा खसेको

काठमाडौँ, ४ भदौ । संखुवासभामा एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको

पोखरा, ४ भदौ । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकसाथ जोड्दै पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना

काठमाडौँ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य