अन्डाको मूल्य फेरि बढ्यो

काठमाडौँ, ४ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ ।

चितवनलाई आधार मानेर तय गरिएको नयाँ फार्म समर्थन मूल्य अनुसार सबै प्रकारका अन्डाको भाउ महँगिएको छ । नयाँ मूल्यसूची अनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।

संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । यसअघि ३० साउनदेखि लागु हुने गरी संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलो अन्डा ५ सय ६० र मिडियम अन्डा ५ सय २० रुपैयाँ तोकेको थियो । पछिल्लो समय अन्डाको मूल्य लगातार उकालो लागिरहेको छ । यसअघि संघले साउन महिनामा मात्रै अन्डाको समर्थन मूल्य चार पटक बढाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको