कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबारका लागि आह्वान भएको छ ।

बैठक भाद्र ५ गते शुक्रबार बिहान ११ः ०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो । संस्थापनले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र तल्लो तहका अधिवेशनहरू सुरु हुन लागेको बेलामा अनुशासन समिति बैठक बोलाएको हो । 

बैठकमा पार्टीभित्रको अनुशासन, आन्तरिक मर्यादा र आगामी अधिवेशनहरूका क्रममा पालना गर्नुपर्ने अनुशासनका विषयमा छलफल हुनेछ । उजुरीहरूउपर छानबिन र आवश्यक निर्णय गर्ने पनि बैठकको कार्यसूची रहेको बताइएको छ ।

यता महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा शुक्रबार नै रिट लिएर जाँदै छन् । त्यही दिन अनुशासन समितिको बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र