राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौँ, २७ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो । सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरे पनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् । मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेस हुनेछ । 

राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य रहेका छन् ।

संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको व्यवस्था गरेको छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ बुँदे निर्देशन जारी गरेको छ । आज संसदीय दलको कार्यालय

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई  सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको

काठमाडौँ, १६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन् । आज काठमाडौँमा २७