तेजबहादुर ढकाल
हिमालय पर्वतीय क्षेत्र देवोभूमी र तपोभूमी हो । यो पुण्यभूमी प्राचीन बैदिक हिमालय अधिराज्य अन्तर्गत पर्दछ । यसको राजधानी अहिलेको बरुण उपत्यकामा पर्दछ । यसलाई हामी समग्रमा अरुण उपत्यका पनि भन्दछौं । बौद्ध सम्प्रदायमा यो क्षेत्र पवित्र महातिर्थ खेन्पालुङ भनेर चिनिन्छ ।
तत्कालीन हिमालयराज पर्बत र रानी मेनकाको दरबार यही ठाऊमा थियो भन्ने पौराणिक तथा शास्त्रीय मान्यता रहेको छ । साथै अमरावती पनि सुमेरुको पूर्ब यसकै आसपासमा रहेको कुरा कथामा उल्लेख गरिएको छ । वास्तबिक सुमेरु भनेको हाम्रो सगरमाथा नै हो । शिव पुराण, श्री स्वस्थानी ब्रतकथा लगायतमा बर्णन भएको वैदिक हिमालय अधिराज्यको वास्तविक राजधानी यही ठाऊमा थियो भन्न सकिन्छ ।

माथि चित्रमा देखिएका जोडी हिमाल हिमालय राज पर्वत र रानी मिना हुन् । जसलाई स्थानीय भाषमा ने पाऊ र मा फुजुड़ भनिन्छ । स्थानीय भाषामा मा फुजुड़ वा आमा हिमाल वा गर्भवती हिमाल भनेकी उही रानी मिना हुन जसले पार्वतीको गर्भधारण गरेकी थिईन ।यसरी हिमालय अधिराज्यका राजा पर्वत र रानी मेनकाका गर्भबाट पार्वतीको जन्म हुन्छ । त्यो स्थान संखुवासभा जिल्लाको वरूण भ्याल्लीमा पर्दछ । पार्वतीले महादेव पति पाऊँ भनि श्री स्वस्थानी माताको ब्रत लिएको पार्वती गुफा र शिवजीले शंखले हानेर पानी निकालिएको भनिएको शिवधारा पनि वरूण भ्यालीमै पर्दछ ।

इतिहासको गर्भमा लुकेको महादेव र पार्वतीको बिवहा भएको पवित्र स्थल यहि उपत्यकामा हो । आफ्ना सेवाबाट महादेव लाई खुशी तुल्याएकाले हिमालय राज पर्बतले श्रीमहदेवबाट कैलाशको पदबी पाएकाले शिवधारा क्षेत्रलाई पनि प्राचीन कालमा कैलाश भनिन्थ्यो रे ।
हिमालय पर्वत शिव शक्तीको क्षेत्र पनि हो । यहाका थुम्का थुम्कामा देबताको बास रहेको छ । यहाँको खोला नाला, भिर पहरामा समेत देबताको बास रहेको बिश्वास गरिन्छ । शिव पुराण, स्कन्द पुराण र श्रीस्वस्थानी ब्रत कथा लगायत दर्जनौं ग्रन्थहरुमा हिमालय पर्वतको महिमाका बारेमा बर्णन गरिएको छ ।

श्रीस्वस्थानी ब्रत कथा नै हाम्रो समस्त हिमालय तथा पर्बत्य क्षेत्रको सबै भन्दा लोकप्रिय र जनास्था भएको ग्रन्थ हो । श्रीस्वस्थानी ब्रत कथा मुख्यत: ३ खण्डमा बाँडिएको छ । पहिलो खण्डमा ब्रह्माण्डको सृष्टि देखि सतीदेवीको जन्म, देबताहरुको बिबाह, सतीदेबीले बाबु दक्षप्रजापतिको यज्ञ कुण्डमा आत्मदाह, सतीदेवीको अङ्ग पतन संगै शिवशक्ति पिठ तथा परमेश्वरी श्रीस्वस्थानी माताको उत्पति, हिमालयराज पर्वत र रानी मेनकाको गर्भबाट माता पार्वतीको जन्म र पार्वतीले श्रीस्वस्थानी माताको ब्रत बसी श्रीमहादेव संग बिबाह गर्नु भएको घटना सम्म समेटिएका छन् । यो क्षेत्र भनेको सगरमाथा पूर्ब अहिलेको अरुण उपत्यकाको सेरोफेरोमा रहेको तथ्य आंकलन गर्न सकिन्छ । दोश्रो खन्डमा शिव र पार्वतीको कैलाश प्रबेश र तेस्रो खण्डमा रसातलपाताल अन्तर्गत नागलोक र मर्त्यलोक अन्तर्गतको तत्कालीन लावन्य देश वा अहिलेको काठमाडौँ उपत्यकामा श्रीस्वस्थानी माताको ब्रत कथा समेटिएको छ ।

यो ब्रतको महिमा र बिधिका बारेमा सबै भन्दा पहीला भगवान बिष्णुले माता पार्वतीलाई बताऊनु भएको हो । आफ्नो मनोकामना पूर्ण भएपछि माता पार्वतीले रसातल पातालमा जो दुखी छन, जो दरित्र छन, जो पापी छन, जसका सन्तान छैनन, जसका स्त्री छैनन, जसका पुरुष छैनन तिनिहरुले बिधि पूर्बक श्री स्वास्थानी माता परमेश्वरीको ब्रत गरेमा मनोकामना पूर्ण हुन्छ भनी अस्वस्थामा ऋषीलाई ब्रत लिन सिकाउनका लागी आज्ञा गर्नु हुन्छ । त्यसपछि अस्वस्थामा ऋषीले नागलोकमा गई दुख पाएका नगीनीहरुलाई र मर्त्यलोकमा गई गोमा ब्रह्माणीलाई यो ब्रत लिन सिकाएर उनिहरुको मनकामना पुरा गराएका थिए ।
श्री स्वस्थानी ब्रतकथाको पहिलो खण्डमा उल्लेख भए अनुसार श्री सतिदेवीले यज्ञ कुण्डमा आत्मदाह गरेपछि भावबिहाल हुनु भएका महादेवले सतीदेवीलाई काँधमा बोकी पृथ्बी तलमा भौतारिनु हुन्छ । पछि भगवान बिष्णुले औंषा पारि सतीदेवीका अङ्गहरु पतन गराई दिनु हुन्छ ।

जुन स्थानमा पतन भयो तत तत स्थानमा स्वस्थानी देबी र स्वम्भू लिंगको उत्पति भयो । प्रत्येक बर्ष पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णीमा सम्म एक महिना श्रीस्वस्थानी माताको बिधिपुर्बक ब्रत बसेमा वा ब्रत बस्न नसकेमा आफ्ना नजिकैको शिव शक्ति पिठको दर्शन गरेमा मनोकामना पूरा हुने बिश्वास जनमानसमा सदियौं देखि भई आएको छ ।
यसरी बिश्लेशण गर्दा माता सतीदेबी नै मनकमाना माता र उनै मनोकामना माता नै श्रीस्वस्थानी माता हुन भन्ने देखिन्छ । यसमा थप शास्त्रीय अध्ययन तथा ब्याख्या गरि निर्क्यौल गर्नु जरुरी छ । यति गर्न सके अरुणको नदिको किनारामा बिराजमान मनोकामना देविको महत्व सन्सार भर फैलने र सन्सार भरका भक्तालुहरुले माताको दर्शन गरि आआफ्नो मनोकामना पुरा गरि यो लोकको जन्ममा सुख शान्ति र मोक्ष प्राप्त गरि परलोक प्राप्ति हुने देखिन्छ ।
जब तत्कालीन लावण्य देशमा गोमा ब्रमाणीले दुख पाएको थाहा पाएपछि रिषीमुनीहरूले हालको सांखु तथा तत्कालीन लावण्य देशमा गई गोमा ब्रमाणीलाई श्रीस्वस्थानीको ब्रत बस्नेबारे सल्लाह दिएका थिए । आज त्यही शाली नदी श्रीस्वस्थानी ब्रतकथाको पवित्र धार्मिक स्थलका रूपमा परिचित छ । उता साक्षात पार्वतीले नै ब्रत बसेको बरूण भ्याली आसपासका क्षेत्र भने अझै पनि गुमनाम छन् ।
श्रीस्वस्थानी माताको ब्रत कथाका अनुसार जुन जुन स्थानमा सतीदेवीको अङ्ग पतन भयो त्यही ठाऊँमा शिव शक्तीको उत्पत्ति भएको र त्यस ठाऊमा आई तपस्या तथा पूजाआजा गर्नेलाई इश्वरी प्रसन्न भई मानोकमाना पुरा गरिदिएको कुरा बिभिन्न शस्त्रहरुमा उल्लेख गरिएको छ । त्यसैले हामिले ब्रत कथामा सतीदेवीको अङ्ग पतन भएको स्थानमा इश्वरी उत्पन्न भईन भन्दा उनै श्रीस्वस्थानी माता भएको तथ्य आंकलन गर्न सकिन्छ ।
अर्को रोचक तथ्य भनेको श्रीस्वस्थानी ब्रत कथामा उल्लेखित अष्ठ प्रजापति मध्ये श्रेस्ठ दक्ष प्रजापति थिए । प्रजापति भनेका कुमालहरु हुन । दक्ष प्रजापतिको दरबार कहाँ थियो र दक्षले अश्वमेघ यज्ञ गरेको स्थानका बारेमा पनि पाठक तथा श्रद्धालु भक्तजन हरुमा कौतहल नै छ । उपलब्ध पौराणिक तथ्य हरुलाई बिश्लेशण गर्दा हामिले अरुण नदीको किनारमा रहेको समथर भूमी तुम्लिङटारमा दक्ष प्रजापतिको दरबार हुनु पर्दछ । सतिघाट आसपास मै दक्ष प्रजापतिले यज्ञ गरेको र सोही यज्ञमा सतीदेबीले आत्मादाह गरेको हुनु पर्दछ । त्यहाका आदिबासीहरु कुमाल भएकाले यो कुराको थप पुष्टी हुन्छ । सतीप्रथा र सतीघाटको प्रसंग पनि यो कथासंग मिल्दो जुल्दो देखिन्छ । यसरी हेर्दा मनकामना मन्दीर परिसरलाई नै श्रीस्वस्थानी ब्रतकथाको केन्द्र बिन्दु मान्न सकिन्छ ।

साथै सुमेरु पर्बतको पूर्बमा अमरावतीको सृष्टि गरिएको प्रसंग र देवताहरुले पनि त्यही नजिकै कन्या मागी विबाह गरेको देखिन्छ । वास्तबमा सुमेरु पर्वत भनेका सगरमाथा नै हुन । अनि अमरावति भनेको पनि अरुण बरुण उपत्यका आसपासमा थियो भन्ने देखिन्छ । फेरि देवताहरु पनि कश्यप ऋषी कै पुत्र भएकाले उनिहरु पनी हिमालय अधिराज्यकै आसपासमा बस्थे भन्ने बुझिन्छ । देब असुर संग्राम र दशैं महाताब्यमा पनि यसै संग मिल्दोजुल्दो भुगोलको बर्णन गरेको पाईन्छ ।
ब्रह्मा, विष्णु, प्रभृत्ति देवता, ऋषी, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा र दश दिक्पालहरुका सामुन्ने पिता दक्ष प्रजापतिले आफ्ना पति महादेवको निन्दा गरेको सहन गर्न नसकी जब सतीदेवीले यज्ञ कुण्डमा देह त्याग गर्नु हुन्छ । त्यही पबित्र स्थानमा अहिलेको मनकामना मन्दीर परिसरमा यो दिब्य शिलाको उत्पत्ति भएको हुनु पर्दछ । तत्पश्चातपश्चत त्यहिँ सबैले पूजा आराधना गर्न थाल्छन । पछि प्रलयकालमा बाढी पहिरो आई दिब्य शिलालाई पुर्न लागे पछि माताको प्रतिमालाई माथि सुरक्षीत स्थानमा लगिएको र कालान्तरमा अहिलेको मनकामना देवीको मंदिर बनाई स्थापित गरिएको हुन सक्छ । अहिले सो दिब्या शिला उत्खनन गरि सुरक्षीत गरिदै छ ।

श्री महादेवले सतिदेवीलाई कांधमा बोकी भाबबिहल भई डुल्ने क्रममा जुन स्थानमा पतन भयो तत तत स्थानमा स्वस्थानी देबी र स्वम्भू लिंगको उत्पति भयो । प्रत्येक बर्ष श्रीस्वस्थानी माताको बिधिपुर्बक ब्रत बसेमा वा ब्रत बस्न नसकेमा आफ्ना नजिकैको शिव शक्ति पिठको दर्शन गरेमा मनोकामना पूरा हुने बिश्वास जनमानसमा सदियौं देखि भई आएको छ ।
साथै अहिलेको पुरानो चैनपुर माथिको वालेश्वर गुफामा पुगेपछि दायाँ आंखा पतन भएको देखिन्छ । पछि त्यो स्थानमा पहिरो गए पछि भक्तजनहरुले बस्ति र देवी देबतहरु लाई पनि सार्ने क्रममा अहिलेको सिद्दकाली माताको मन्दीर भन्दा तल सारिएको र कालान्तरमा अलिक फराक ठाऊँमा लगि अहिलेको मन्दिर बनाई सिद्दकाली देवी र प्रकाशेश्वर महादेवको स्थापना गरिएको देखिन्छ । हामिले वालेश्वर गुफामा साक्षात उत्पत्ति भएका शिवजीलाई निहालेर हेर्दा वालवाला वा जटाधारी देखिन्छ । वास्तबमा वालेश्वरको उच्चारण बालेश्वर हुन्छ । कतिपयले बुडा महादेव पनि भन्ने गरेको पाईन्छ ।

बालक वा केटाकेटी महादेबको छुट्टै बालेश्वर पुराण नै छ । तर वाल भनेको चाही कपाल नै हो । फेरि उक्त शिवलिंगमा बिहान दिउसो बेलुकी प्रकाश आउने भएकाले उहाँ नै प्रकाशेश्वर महादेव भएको आंकलन सजिलै गर्न सकिन्छ । फेरि सतीदेवीको आँखा पतन भएको पूण्य भूमीमा प्रकाशेश्वर महादेव उत्पति भए । शिव शक्ति स्वरुपले रहे भनिएको छ । निहालेर हेर्दा शिव र शक्ति दुबैको स्वरुप देख्न सकिन्छ ।
यि आंकलनलाई हालसालै प्रकाशमा आएको १६५ बर्ष पुरानो स्वर्गिय चन्द्रमान मुमिकश श्रेष्ठद्वारा हस्त लिखित श्री स्वस्थानी व्रत कथाको किताबबाट पनि प्रष्ट हुन्छ जहाँ अरुण पुर्बे वालेश्वर महादेव देवस्थले सिद्दिकलीका शरणे भनि लेखिएको छ । यहि पबित्र स्थलमा दश दिक्पालहरु आई नाना रत्न चडाई तपस्या गरेका थिए । यि स्थानहरु सनातन धर्मालम्बीहरुका लागी धर्ती कै अति नै पबित्र स्थल तथा दिब्य धामहरु हुन ।
अहिले संखुवासभा जिल्लाको अरुण नदिको गडतिरमा अबस्थित मनकामना मन्दिर परिसरमा त्यहाका पन्डित तथा पुजारीले श्रीस्वस्थानी माताको ब्रत लीई कथा श्रवण गरि राख्नु भएको छ । दिनहु ब्रतालुहरुले श्रीस्वस्थानी माताको दिव्य शिलाको दर्शन गरि पूण्य लाभ तथा मनोकामना पूरा गरिरहनु भएको छ । सशरिर उपस्थित भई दर्शन गर्न नसक्नेले पनि आफ्नो सुद्द मनले प्राथना गरि आफ्नो मनोकामना पूरा गर्न सक्नु हुनेछ ।
माथिका तथ्यहरुलाई उजागर गर्दै श्रद्धालु भक्तजन हरूका माँझ यो सन्देश पुर्याउनु जरूरी भएकाले जतिसक्तो शेयर गर्नका लागि सबैमा बिनम्र अनुरोध गरिन्छ । श्रीस्वस्थानी माताले तपाई हामी सबैको मनोकामना पूरा गरुन ।
लेखक : तेजबहादुर ढकाल

काठमाडौँ, फाल्गुण ४, २०८०






