प्रहरी जवानलाई आक्रमण गर्ने युवक पक्राउ

काठमाडौँ, ९ भदौ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान काठमाडौँ–१० स्थित पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका हुन् ।

आक्रमणमा संलग्न राज कठायतलाई पक्राउ गरिएको हो । आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका हुन् । 

ड्युटीमा खटिएकी महिला प्रहरीले आकाशे पुल नजिकै भएको भन्दै ‘जहाँ पायो त्यहिँबाट बाटो काट्दा दुर्घटना हुन्छ, आकाशे पुलबाट जानुस्’ भनेपछि युवकले एक्कासि आक्रमण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पिक आवरको ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र