प्रहरी जवानलाई आक्रमण गर्ने युवक पक्राउ

काठमाडौँ, ९ भदौ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान काठमाडौँ–१० स्थित पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका हुन् ।

आक्रमणमा संलग्न राज कठायतलाई पक्राउ गरिएको हो । आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका हुन् । 

ड्युटीमा खटिएकी महिला प्रहरीले आकाशे पुल नजिकै भएको भन्दै ‘जहाँ पायो त्यहिँबाट बाटो काट्दा दुर्घटना हुन्छ, आकाशे पुलबाट जानुस्’ भनेपछि युवकले एक्कासि आक्रमण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पिक आवरको ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ