फ्रान्समा आँधीले ४१ जना घाइते

एजेन्सी, ९ भदौ । दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पुर्‍याउँदा ४१ जना घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय अधिकारीहरूले बताएका छन् । करिब एक हजार जनसङ्ख्या रहेको पोमासमा आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पुर्‍याएकाे छ ।

घटनास्थलमा १२० भन्दा बढी उद्धार तथा आपत्कालीन कर्मचारी परिचालन गरिएको छ । घर भत्किँदा एक गर्भवती घाइते भएको उनका श्रीमान्ले बताएका छन् ।

आँधीबेहरीसँगै दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा प्रभावित भएका छन् । अधिकारीहरूले आँधीबेहरीको सम्भावनालाई ध्यानमा राख्दै ती क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।