फ्रान्समा आँधीले ४१ जना घाइते

एजेन्सी, ९ भदौ । दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पुर्‍याउँदा ४१ जना घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय अधिकारीहरूले बताएका छन् । करिब एक हजार जनसङ्ख्या रहेको पोमासमा आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पुर्‍याएकाे छ ।

घटनास्थलमा १२० भन्दा बढी उद्धार तथा आपत्कालीन कर्मचारी परिचालन गरिएको छ । घर भत्किँदा एक गर्भवती घाइते भएको उनका श्रीमान्ले बताएका छन् ।

आँधीबेहरीसँगै दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा प्रभावित भएका छन् । अधिकारीहरूले आँधीबेहरीको सम्भावनालाई ध्यानमा राख्दै ती क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र