१६८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ३:४० बजे राप्ती नगरपालिकाको भित्री बाटो हुँदै पूर्व-पश्चिम राजमार्गसतर्फ जाँदै गरेको बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले राप्ती नगरपालिका वडा नं. १० स्थित चिप्लेटी भन्ने स्थानमा कारलाई रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा प्रहरीले कार चालक डिल्लीराम थारू र कारमा सवार कर्ण बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरूको शरीर तथा सवारी साधन खानतलासी गर्दा कारको पछाडिको डिक्कीभित्र रातो प्लास्टिकलाई बाहिरबाट सेतो पानी टेपले बेरेर चारपाटे आकारमा राखिएका १२ वटा पोका फेला परेका हुन् । ती पोकामा १६८ किलो गाँजा भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम मुचुल्का तयार पारेको छ ।

पक्राउ परेका डिल्लीराम थारू र कर्ण बहादुर तामाङलाई दसीको सामानसहित चितवन जिल्ला अदालतमा उपस्थित गराई दिन ४ को म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको