१६८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ३:४० बजे राप्ती नगरपालिकाको भित्री बाटो हुँदै पूर्व-पश्चिम राजमार्गसतर्फ जाँदै गरेको बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले राप्ती नगरपालिका वडा नं. १० स्थित चिप्लेटी भन्ने स्थानमा कारलाई रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा प्रहरीले कार चालक डिल्लीराम थारू र कारमा सवार कर्ण बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरूको शरीर तथा सवारी साधन खानतलासी गर्दा कारको पछाडिको डिक्कीभित्र रातो प्लास्टिकलाई बाहिरबाट सेतो पानी टेपले बेरेर चारपाटे आकारमा राखिएका १२ वटा पोका फेला परेका हुन् । ती पोकामा १६८ किलो गाँजा भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम मुचुल्का तयार पारेको छ ।

पक्राउ परेका डिल्लीराम थारू र कर्ण बहादुर तामाङलाई दसीको सामानसहित चितवन जिल्ला अदालतमा उपस्थित गराई दिन ४ को म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र