रोबिजविरुद्धको खोप लगाउन अभियान सुरु

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको संक्रमण पुष्टि भएको हो । 

जर्सी गाईमा रेबिज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए । यो रोग लागेका गाईभैँसीले र्‍याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे वा अरू जनावारलाई टोक्न खोज्ने, पानी, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने उनले बताए ।

संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्रमा पालिएका पशुचौपायमा रोबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्छ ।

जिल्लाका अरू पालिकामा समेत यो रोगको संक्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर