जसपाको पाँचथर जिल्ला समिति पुनर्गठन

पाँचथर, २८ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको पाँचथर जिल्ला समिति पुनर्गठन भएको छ । फिदिममा बिहीबार आयोजित कार्यक्रमबाट लक्ष्मण लावतीको अध्यक्षतामा ५३ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा भरत राई, कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे सहसचिवमा भावना ईङवा सुब्बा, कमल हाङ्सरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका सल्लाहकार सदस्य डा.महेन्द्र लावती थिए भने कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र जबेगू, मचिन्द्र बेघा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीलगायतका उपस्थित रहेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव