ब्राउन सुगरसहित दुई युवक पक्राउ

काठमाडौँ, २८ मंसिर । सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको गस्ती टोलीले सिरहा मिर्चैया नगरपालिका ५ बस्ने १८ वर्षीय रुपेश पासवान र सिरहा नगरपालिका ५ बस्ने २४ वर्षीय कृष्णाकुमार यादवलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादव र पासवानलाई चेकजाँच गर्दा पासवानको खल्तीबाट १ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरे बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको