आफ्नै बन्दुक पड्किएर एक पुरुषको मृत्यु

पाल्पा, २४ मंसिर । पाल्पामा जंगली पंक्षी दुम्सी मार्न जाने क्रममा आफैले बोकेको बन्दुक पड्किएर एक पुरुषको ज्यान गएको छ ।

पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडामा शनिबार बेलुका दुम्सी मार्न खोज्दा एस्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको बन्दुक पड्केर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।

घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाइते  भएको सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनास्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एउटा झोला बरामद गरी थप अनुसन्धान गरिरहेको डीएसपी  श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

काठमाडौँ, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ