जीप दुर्घटना हुँदा चारजना घाइते

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक सुर्खेतको बराहताल गाउँपालिका–७ बस्ने २८ वर्षीय रमेश सिजापति, हुम्लाको सिमकोट गाउँपालिका–७, ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् । 

घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई