कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रतिनिधि तोकिएको हो । 

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर काम गर्ने जानकारी दिएका छन् । प्रतिनिधिले जिल्लामा उपस्थित भई सदस्यता वितरणको समन्वय र सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । आज सेयर बजार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ । आज घट्दा ६२ कम्पनीको मात्रै सेयर

काठमाडौँ, १० असार । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान

काठमाडौँ, १० असार । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आज

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार