ज्ञानेन्द्र मल्लको प्रस्तावमा मन्त्री पोखरेल बने रास्वपा केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी प्रथम महाधिवेशनमा खेलकुदमन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रीय सदस्यका उम्मेदवार मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने पार्टीका २१ जना प्रतिनिधि समर्थक बसेका छन् ।

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल रास्वपाको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई