मेस्सी टाइम पत्रिकाको वर्ष खेलाडी घोषित

न्युयोर्क, २० मंसिर । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए ।

‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव भनिन्थ्यो,’ टाइमले भनेको छ । टाइम म्यागजिनका अनुसार मेस्सीको आगमनले रंगशालामा दर्शकको सङ्ख्या बढ्नुका साथै टिको मूल्य, मर्चेन्डाइज बिक्री र एमएलएसको दर्शकको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने