चीनसँगको व्यापार घाटा गहिरिंदै: आयात २०० प्रतिशतले बढ्यो

काठमाडौँ, ६ असोज । विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन।

चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ। राजनीतिक रूपमा चीनले उच्च प्राथमिकतामा राखेर नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजे पनि व्यापारमा बेवास्ता गर्दा नेपालले कुनै लाभ लिन नसकेको हो । करिब एक दशकमा चीनबाट नेपाल आयात करिब दुई गुणा (२०० प्रतिशत) बढेको छ, निर्यात भने घटेको छ। नेपालबाट चीनतर्फ हुने निर्यात ९ वर्षमा ६९ प्रतिशतले घटेको हो।

नेपालबाट चीनमा हुने प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमणमा विभिन्न सम्झौता हुँदै आए पनि त्यसबाट नेपाललाई खासै लाभ मिलेको देखिँदैन। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली शनिबार चीन भ्रमणमा जाँदै छन्।

अहिले प्रधानमन्त्रीको भ्रमणबाट पनि चीनसँग निर्यात बढाएर व्यापार घाटा घटाउने ठोस अजेन्डा छैनन्। चीनको अर्थतन्त्रबाट नेपालले फाइदा लिने विषय प्राथमिकतामा नपर्दा भ्रमण फलदायी हुन नसकेको बताइन्छ। नेपालबाट हुने निर्यातभन्दा आयात करिब सवा सय गुणा बढी रहेको भन्सार विभागले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव