सरकार गाडीको ठक्करबाट दुईजना घाइते

झापा, ५ असोज । झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् ।

घाइते भएका दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइतेमध्ये तिमिल्सिनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

बा २ झ २५ ७१ नम्बरको सरकारी गाडीले बिहान साढे १० बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो ।  सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई