ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २ असोज । जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए । खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ पक्राउ परेका हुन् । उनीहरूले वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै पटकपटक गरी पीडितबाट २ लाख ७० हजार रुपैयाँ लिएको आरोप छ ।

एसपी रेग्मीका अनुसार उनीहरूले जापानमा जान पीडितलाई १५ लाख भए पुग्ने बताएका थिए । त्यहाँ कुकको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ बराबरको तलब हुने भनेर पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको खुलेको हो । पीडितबाट रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। उक्त पत्राचारपछि प्रहरीले दुई जनालाई मंगलबार घट्टेकुलोबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव