पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौँ, १६ असार । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

दोभान प्रहरी चौकीका अनुसार राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगासहितको पहिरो खसेको छ । राजमार्ग अन्तर्गत माथागढी गाउँपालिका–१,चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने