पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ: मुख्यमन्त्री पाण्डे

कास्की, ३२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताएका छन् । पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिबाट आज ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आगामी आवको बजेटमा उक्त कार्यक्रम समावेश हुने उल्लेख गरे ।

“हाम्रो क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रको विकासमा हातेमालो गर्न प्रदेश सरकार तयार छ, पत्रकारको स्वास्थ्य बीमाको कार्यक्रम नीतिमा आइसकेको छ, बजेटमा पनि आउँछ”, मुख्यमन्त्री पाण्डेले भने, “वास्तविक पत्रकारको हातमा बीमाको सुविधा जाओस् भन्ने हाम्रो चाहना छ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।”

लोककल्याणकारी विज्ञापन, पत्रकारको लेखनवृत्ति, क्षमता विकासलगायतका क्षेत्रमा पनि सरकारले सहयोग गर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले पत्रकारिता स्वच्छ, स्वतन्त्र र मर्यादित हुनुपर्ने धारणा राख्नुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रदेश सरकार दृढ रहेको उनको भनाइ थियो । प्रेस सेन्टरले पत्रकारितासँगै देशको समसामयिक अवस्थाबारे आज प्रधानमन्त्रीसहित, सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधान गर्न माग गरिएको छ । 

सरकारले ल्याएको समानुपातिक विज्ञापन नीतिलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्ने, संविधानले सुरक्षित गरेका जनपक्षीय उपलब्धिलाई संस्थागत गर्नुपर्ने, आमसञ्चारसँग सम्बन्धित कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्ने, पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्नेलगायतका माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ