शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता

एजेन्सी, २८ जेठ । बलिउड अभिनेता शाहरुख खानको सिग्नेचर स्टेप गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन् ।

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ । हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए । जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए ।

यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको