अब सुरुङ युगमा जानुपर्छ : सांसद वाग्ले

काठमाडौँ, २७ जेठ । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् ।

आज नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताए । उनले यो आयोजना महत्वपूर्ण आयोजना भएको बताए । उनले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।

सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए । यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको