कारक ‘मदिरा र गोत्र’

काठमाडौँ, २७ जेठ । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो।

१२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो। मयोले १३ वर्षमा छोरी जन्माइन्। जन्मेको केही महिनामै उनकी छोरीको मृत्यु भयो। राउटे संस्कारअनुसार उनले अर्को विवाह गर्न पाउँदिनन्। राउटे समुदायकै १८ वर्षीया किताब शाहीका पति मानसिंहको पनि दुई वर्षअघि मृत्यु भयो। किताबको १४ वर्षको उमेरमा २५ वर्षका मानसिंहसँग विवाह भएको थियो। किताबले छोरी जन्माइन्। जन्मेको केही महिनामै उनकी छोरीको मृत्यु भयो। किताबले पनि अर्को विवाह गर्न पाउँदिनन्।

राउटे समुदायमा पति गुमाएका महिलालाई दोस्रो विवाह गर्न वर्जित छ। बस्ती एउटै भए पनि ‘विधवा’लाई छेउतिर छुट्टै घरमा राख्ने चलन यो समुदायमा छ। लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ। तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।

राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन्। राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ। यति हुँदाहुँदै पनि राउटेको संख्या किन घट्दै गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन्। मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण ‘गोत्र’ सँग जोडिएको छ।

यो समाचार आजको नागरिक दनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता