अर्को वर्ष व्यापार घाटा अझै बढ्ने

काठमाडौँ, २६ जेठ । सरकारले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउने विभिन्न कार्यक्रम ल्याए पनि ती सबै असफल भइसहेका छन् । चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक रहने राष्ट्रिय तथ्यांक कार्यलयले प्रक्षेपण गरिसकेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले पनि उत्पादनमूलक उद्योगमा लगानी बढ्न तथा रोजगारी बढाउन सक्ने खालको कार्यक्रम समेट्न सकेको छैन् । यस्तो अवस्थामा आगामी वर्ष वैदेशिक व्यापार घाटाको दायरा झनै फराकिलो हुने देखिएको छ ।

उत्पादनमूलक क्षेत्रसँग संग्लन उद्योगी व्यवसायी तथा अर्थशास्त्रीहरु अहिलेको प्रयासले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान बढाउन नसकिने र यसले समग्रमा निर्यात व्यापारसमेत प्रभावित बन्ने बताउँछन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको