कोशी प्रदेशमा राजनीतिक संकटको बादल मडारियो

काठमाडौँ, २६ जेठ । सरकारले लिने नीति र त्यसको आधारमा तय गरिने वार्षिक बजेट निर्माणको चटारो चलिरहेका बेला कोशी प्रदेशमा भने राजनीतिक संकटको बादल मडारिइरहेको छ । सरकारको सुनिश्चतता हुँदो हो त बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम आउने थियो ।

त्यसको आधारमा असार १ मा ल्याउने बजेटको तयारीका लागि मुख्यमन्त्री र मन्त्रीहरूको धपेडी चलिरहेको हुने थियो । तर सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने यो मुख्य मौसममै प्रदेश सरकार धरापमा परेपछि कोशीमा सत्ता राजनीतिको ताप बढेको छ । बजेट अधिवेशन चलाउनुपर्ने बेलामा प्रदेशसभाको बैठक अनिश्चितकालीन रुपमा रोकिएको छ । प्रदेशसभा निर्वाचन भएको ६ महिनामै बजेट र नीति तथा कार्यक्रम पेस गर्नै अन्योल हुने अवस्थाले पनि अहिले प्रदेशहरू कस्तो स्थितिमा गुज्रिरहेका छन् भन्ने दृश्य छर्लङ्ग हुन्छ ।

कोशी प्रदेशको सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले एमालेका हिक्मत कार्की नेतृत्वको सरकार नीति तथा कार्यक्रम र बजेट संसद्‌मा पेस गर्न सक्ने अवस्थामा छैन । अल्पमतमा परेको सरकारले संसद्‌‌मा पेस गर्ने कुनै पनि प्रस्ताव अस्वीकृत हुन्छन् । त्यसैले कुनै पनि कार्यसूची दिन नसक्ने अवस्थाले गर्दा प्रदेशसभा अनिश्चित बनेको छ । त्यसैले अब कोशी प्रदेशमा नीति तथा कार्यक्रम सदन बाहिरबाट ल्याएर प्रदेशसभा अन्त्य गरी अध्यादेशबाट बजेट पेस गर्ने तयारी हुँदै छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता