१० लाख नगदसहित तीन जना पक्राउ

काठमाडौँ, २२ चैत । स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीका अनुसार १० लाख नगदसहित हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाहलाई पक्राउ गरेको हो । 

मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो । आरोपीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा, २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा  १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको