पशुपतिमा भोलिदेखि बज्रेश्वरी जात्रा हुने

काठमाडौँ, २९ फागुन । पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । 

कोषले भोलि साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बतायो । चैत्र कृष्णाष्टमी/शीतला अष्टमीमा सुरु भई चैत्र शुक्ल तृतीयामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ ।

यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ । यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको