नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण

काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

आज काठमाडौँको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ आयोजित समारोह उनले मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको