प्रधानमन्त्रीद्वारा थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न निर्देशन

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे ।

मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए । उनले भने, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई विजनेश दिने सन्दर्भमा आ आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईहरुले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ । त्यसमा हामी सबै लागि राखेका छौं । आज पनि हाम्रो प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरुको बैठक बसेर सो विषयमा छलफल गरिएको छ । रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस भन्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने