नेविसंघमा एकतर्फी नियुक्ति मान्य हुँदैनः शेखर पक्ष

काठमाडौँ, १७ माघ । नेपाली विद्यार्थी संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै शेखर कोईराला पक्षका विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छ्न् ।

संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको हो । नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेको छ । विधान विपरित नियुक्ति बदर गर्न र ति स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले बताए ।

निर्वाचन सकिएको ३ महिना भित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने पार्टीले निर्णय गरेको थियो । पार्टीले दिईएको जिम्मेवारी विपरीत अध्यक्ष शेर्पाले मनोमानी तरिकाले संयोजक तोक्ने कार्य भएको नेविसंघ कर्णाली–काठमाडौं सम्पर्क समितिका अध्यक्ष धर्मराज शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा

काठमाडौँ, १९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ फागुन । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, १८ फागुन । काठमाडौँको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार आज साझ