सूर्यविनायक नगरपालिकाले मेलमिलाप कर्ताको सूचिकृत गर्ने

भक्तपुर, १४ माघ । सूर्यविनायक नगरपालिकाले मेलमिलाप कर्ताको सूचिकृत गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिका न्यायिक समिति अन्तर्गत वडा कार्यालयहरुमा रहने मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताको रुपमा कार्य गर्न इच्छुक यस अगाडि सूचिकृत हुन छुट भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन नगरपालिकामा पेश गर्न आग्रह गरिएको छ ।

सूर्यविनायक नगरपालिका न्यायिक समितिको मिति २०७९ माघ ३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको नगरपालिकाले जनाएको छ । निवेदन दिँदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मेलमिलाप सम्बन्धित आधारभूत तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो लगायतका कागाजत नगरपालिकामा पेश गर्न आग्रह गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा