राजनीतिक यात्राको सकसपूर्ण मोडमा माधव नेपाल

उपेन्द्र केसी  

निकै लामो समयसम्म नेकपा एमालेको मूख्य नेताको रुपमा रहिरहे । उनी १५ वर्षसम्म एमालेको महासचिव बने । अर्थात उनी देशकै प्रमुख पार्टीको प्रमुख नेता बनिरहे । त्यस्तो सौभाग्य विरलै नेताहरुलाई मात्रै प्राप्त हुन्छ । यसो भनुँ लामो समयसम्म उनले पार्टीमा एकछत्र शासन चलाइरहे । त्यो समय एमालेको संगठनमा पार्टी महासचिव भनेको निकै शक्तिशाली पद थियो । देशकै राजनीतिक पार्टीहरुमा शक्तिको इन्ज्वाई गर्ने औलामा गन्न सकिने नेताहरु मध्येमा नेपाल पहिलो नंम्बरमा पर्थे ।

त्यसोत, राजनीतिमा जे पनि हुन्छ भन्ने मान्यता पनि नेता नेपालमा लागु भएको देखिन्छ । असम्भव जस्तो लाग्ने ०६४ सालको संविधानसभाको निर्वाचनमा हार व्यहोरेका नेपाल देशकै प्रधानमन्त्री भए । जवकी उनले नेतृत्व गरेको पार्टी नेकपा एमाले तेस्रो स्थानमा झरेको थियो । र, उनले नैतिकताको आधारमा पार्टी महासचिवबाट समेत राजीनामा दिएका थिए । इतिहासको त्यो छेउमा सिगो कांग्रेसलाई टक्कर दिने उनी अहिले त्यही कांग्रेससँग एकाधसीटको वागेर्निङमा दिन विताइरहेका छन । गठबन्धनको सीट वाँडफाँडको क्रममा हामी उब्रिएको खाने हाेइन भनेर कांग्रेससँग घुक्रि लगाईरहेका छन् । पछिल्लो समय उनको हैसियत राम्रैसँग बुझेका कांग्रेस–माओवादीले उनलाई राज्य संचालनमा कति पनि भाउ दिएका छैनन् । गठबन्धनको सरकार संचालनमा कांग्रेस सभापति एंव प्रधाानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुई जनामात्रै हावी भएका छन् ।

नेता नेपाल सरकार संचालनमा पनि सहयोगी जस्तो मात्रै देखिएका छन् । उनकै शब्दमा २३ सीटे कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै पार्टीमा घन बजारेका उनी भित्रबाट देउवासँग पनि सन्तुष्ट छैनन् । सबैलाई थाहा छ, गठबन्धनमा उनको हैसियत लिने होइन, लुरुलुरु दिएको थाप्ने हो । कांग्रेसले गठबन्धनको सीट वाँडफाडमा एकोहोरो पेल्न थालेपछि उनी कांग्रेसको विरुद्ध पछिल्लो समय अलि चर्काे र्बोल्न थालेका छन् । २३ सीटे काग्रेसले धेरै फुर्ति लाए, गठबन्धन टुट्ने सम्मका चेतावनी दिएका छन् । कांग्रेसले आफूहरुलाई उब्रिएको रहलपहल खाने जस्तो गरेर हेपेको भन्दै आएका छन् । कांग्रेस नसच्निे हो भने आफहरु एक्लै निर्वाचनमा जाने सुनाउँदै आएका छन् । कांग्रेसलाई उसले पहिले जितेको २३ सीटको तेब्बर अर्थात ६९ सीट भन्दा एक सीट पनि बढी विकल्प छैन । एक्लै जाँदा रौतहट १ वाहेक अन्त निर्वाचन जित्ने सम्भावना नै छैन । उनी यतिबेला आफ्नो राजनीतिक जीवन यात्राकै सकसपूर्ण मोडमा उँभिएका छन् ।

उनको गठबन्धनलाई लल्कारेर एक्लै निर्वाचनमा जान सक्ने अवस्था नै छैन । जति कराए पनि चुपचाप गठबन्धनको गीत गाउँदै उनीहरुसँगै निर्वाचनमा जानुको विकल्प छैन । विधि, पद्धति र प्रकियाका चर्का कुरा गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिगौरी खेलेका उनले, अहिले विधि र पद्धतिका कुरा बोल्न छाडेका छन् । कुनै बलियो तर्क र आधार बिना नै पार्टीको तर्फबाट सरकारमा गएकाहरुलाई पालै–पालो मन्त्री बनाउने नेतृत्वदायी भूमिका खेलिरहेका छन् । पार्टीभित्रको असन्तुष्टिलाई रोक्न उनले पदको लालीपप देखाए पनि पछिल्लो समय थेग्नै नसक्ने गरी नेकपा एसमा पहिरो गैराखेको छ । समाजवादीबाट एमालेमा फर्किने यही क्रम निर्वाचनसम्म जारी रहने हो भने नेता नेपाल सिपाई विनाको सेनापति बन्ने निश्चित छ । उनको उद्देश्य निर्वाचन लड्ने भन्ने कल्पना समेत गर्न सक्दैनन् । कांग्रेसलाई वोकेर कम्युनिष्ट पार्टी बलियो हुन्छ भन्दै कुर्तक गर्दै हिडेका उनले अहिलेसम्म पार्टी फुटको औचित्व सावित गर्न सकेका छैनन । पार्टी फुटको औचत्य सावित गर्न नसकेकै कारण उनले नेतृत्व गरेका पार्टीका नेता–कार्यकर्ताहरु तीव्र वेगका साथ एमाले फर्किन थालेका छन् । उनले पार्टी अन्तत माओवादीमा लगरे विसाउन लागेको निष्कर्षका साथ पछिल्लो समय देशैभरिबाट नेकपा एसका नेता–कार्यकमर्ताहरु एमालेमा फर्किरहेका छन् । गएको स्थानीय निर्वाचनमा नेता नेपालको पार्टीलाई कांग्रेस–माओवादीले वेवास्ता गरेकै हो ।

निर्वाचन लगतै त्यो अरुले भनेको होइन, माधव नेपालहरुले नै भनेका हुन । तर, अहिले फेरी पनि हिजो कांग्रेस–माओवादीले गरेको अपमान बिर्सिदै उनीहरुसँगै गठबन्धनमा बाँधिने छन् । निर्वाचनमा कांग्रेसको चारतारे झण्डा उचाल्दै उनी कम्युनिष्ट विरुद्ध खनिनेछन् । एमाले अध्यक्ष केपी ओलीसँगको ईष्या, कुण्ठा र आकोशकै कारण उनले कांग्रेसको पाउमा सत्ताको वागवडोर चढाएका हुन् । उनले एमाले अध्यक्ष ओलीसँगको अन्तरविरोधले सिगो कम्युनिष्ट आन्दोलनलाई धोका दिएकै हुन् । सौताको रिसले आफ्नो ओछ्यान‘ …. हुन् । कांग्रेसलाई सत्ता बुझाउने उनले गरेको कुकर्ममा पार्टीका अरु साथीहरुले साथ नदिएको भन्दै एमालेमै बसेका नेताहरुलाई अझै पनि सरापेकै छन् । त्यसोत नेता नेपाल आफू पद लोलुप नभएको बताउँछन् तर उनलाई फर्किएर हेर्ने हो भनी उनी पद विना टिकेको र अडिएको कहिले पनि नदेखिएको इतिहास छ । हामीलाई थाह छ, एमाले फुटाउने बेला प्रचण्डको भरपुर मायाँ उनले पाएका थिए । साँझ–विहान जतिखेर पनि उनीहरु काठमाण्डौ शहरका तारेहोटल र आलिशान महलहरुमा भेटघाटमा जुटिरहेका भेटिन्थे, खबरहरु सुनिन्थे । तर, अहिले उनलाई प्रचण्डले दिने मायाँ अलि कम हुन थालेको छ रे । हरेक समय, भूमिकासँगै वोली र व्यवहार फेर्ने कलामा माहिर प्रचण्डले त्यो मायाँ अहिले बाबुराम र वामदेवलाई दिइरहेका छन् रे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा