गठबन्धनले देशलाई संकटमा फसायो : महासचिव पोखरेल

काठमाडौँ, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशलाई संकटमा फसाएको आरोप लगाएका छन् ।

आज गहृजिल्ला दाङमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको बताए ।

उनले भने, ‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०- ८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ ।’

देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गरे । उनले भने, ‘बहुमतको आडमा अपराध गर्नेहरूलाई उन्मुक्ति दिने काम भएको छ, ‘प्रचण्ड र देउवाको नजरमा जनार्दनजी चोखिएलान् तर जनताको नजरमा उनले गम्भीर अपराध गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको