नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह

काठमाडौँ, १५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रविन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिए । 

मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको चर्चा गरे । उनले भने, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल सङ्कटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बीचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी गराए । सगरमाथा र अन्य हिमाल नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतीक रहेको बताउँदै उनले भने, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा मन्त्री आलेले हिमालको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफूसहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारीसमेत गराए । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पु¥याउन आफू सधैँ लागिपर्नेसमेत मन्त्री आलेले वचन बद्धतासमेत व्यक्त गरे । उनले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताए । कार्यक्रम मूल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले आजकै दिन सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुमेकाले उनीहरुको साहस र योगदानको उच्च प्रशंसा गरे । उनले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधैँ सकारात्मक रहेको जानकारीसमेत गराए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू

काठमाडौँ, १२ जेठ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल

काठमाडौँ, १२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा

काठमाडौँ, १२ जेठ । श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ ।