महानगरको मतपत्र छपाइ अन्तिममा

काठमाडौँ, ५ बैशाख । निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो। काठमाडौँ, पोखराको लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराटनगर महानगरपालिकाको मतपत्र छपाइ सुरु भएको छैन।

जनसङ्ख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार मनोनयनपछि  मात्र मतपत्र छपाइ गर्ने तयारी निर्वाचन आयोगको छ। आयोगले मतपत्रको डिजाइन गरेपछि मात्रै जनक शिक्षालाई छपाइ अनुमति दिने गरेको छ। सोही आधारमा पछिल्लो समय मधेस प्रदेशको मतपत्र छपाइ सुरु भइरहेको छ। आयोगको प्रक्षेपणअनुसार वैशाख २० गते अघि नै मतपत्र छपाइ सकेर महानगरपालिकाहरूको लागि ढुवानी सुरु हुनेछ। पहाडी तथा हिमाली जिल्ला समेटिएको सबै प्रदेशको मतपत्र छपाइ भइसकेको छ। स्रोतका अनुसार सुदूरपश्चिम, मध्यपश्चिम, गण्डकी, लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ भइसकेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव