नेपाललाई अमेरिकीद्वारा थप ८० अर्ब अनुदान

काठमाडौँ, ३ बैशाख । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिन लागिएको हो। अमेरिकाले विगतदेखि नै युएसएआइडीमार्फत अनुदान सहायता उपलब्ध गराउँदै आएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (एसएआइडी) मार्फत ६ सय ५९ मिलियन डलर ९७९ अर्ब ७१ करोड रूपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। सन् २०२२ देखि २०२७ सम्म विभिन्न कार्यक्रमका लागि यो रकम खर्च हुनेछ।

मानवीय विकाससहित विभिन्न क्षेत्रमा खर्च गर्नेगरी अनुदान लिन लागिएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए। ‘यो फ्रेमवर्क एग्रिमेन्ट हो,’ अर्यालले भने, ‘पाँच वर्षका लागि अमेरिकी सरकारले ६ सय ५९ मिलियन डलर अनुदान उपलब्ध गराउने भएको छ।’ यो रकम बजेट प्रणालीबाट खर्च हुने अर्यालले बताए। विभिन्न मन्त्रालयसँगको समन्वयमा आगामी आर्थिक वर्षको बजेटबाट रकम खर्च हुने उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा