जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

काठमाडौँ, २३ चैत । उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।

नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एक/दुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पदार्थ खरिद गरेर नेपालमा जीवनजल उत्पादन गर्न नसकेपछि उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपियाँ तोकेको छ। तर, एक प्याकेट जीवनजल उत्पादन गर्नका लागि १५ देखि १७ रुपियाँ लागत पर्छ भने सधैं घाटामा मात्र कसरी उत्पादन गर्न सकिन्छ भन्दै उनले सात रुपियाँ नोक्सानमा जीवनजल उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था नरहेका कारण उत्पादन बन्द गर्नु परेको उहाँले बताउनुभयो। आदि रेमेडिज प्रालिका सञ्चालकसमेत रहनुभएका बराल स्वयंले गएको माघ महिनादेखि जीवनजल उत्पादन गर्न छोडेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद