काठमाडौँ, २५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । यी राेगकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ ।
तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यी रोगमा एक्कासी ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।
अब लामखुट्टेको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।






