शिक्षक सेवा आयोग : १३ हजार भन्दा कमको माग, दुई लाखभन्दा बढीको आवेदन

(साउन १३, काठमाडौं) । शिक्षक सेवा आयोगले आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ ।

सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्तिका लागि आवेदन माग गरेको हो । आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । आयोगमा अहिलेसम्म २ लाख २५ हजार बढीले आवेदन दिइसकेको बताइन्छ । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।

आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् ।

आयोगले अब बार्षिक कार्यतालिका अनुसार फागुन–चैतमा विज्ञापन गर्नेछ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति गर्ने आयोगको तयारी छ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।