शिक्षक सेवा आयोग : १३ हजार भन्दा कमको माग, दुई लाखभन्दा बढीको आवेदन

(साउन १३, काठमाडौं) । शिक्षक सेवा आयोगले आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ ।

सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्तिका लागि आवेदन माग गरेको हो । आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । आयोगमा अहिलेसम्म २ लाख २५ हजार बढीले आवेदन दिइसकेको बताइन्छ । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।

आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् ।

आयोगले अब बार्षिक कार्यतालिका अनुसार फागुन–चैतमा विज्ञापन गर्नेछ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति गर्ने आयोगको तयारी छ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको