‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान

काठमाडौँ, ९ माघ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो  अभियान सुरुभएको  हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, “प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो  । ” 

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगीराज अधिकारीले सामाजिक दायित्वको भावले आम नागरिकलाई स्वास्थ्य बनाउनका लागि जेसिजले विभिन्न संस्थासँग सहकार्य गरेर अगाडि बढेको जानकारी दिए ।  चन्द्रागिरि नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिक्देल, वडा नं ७ का वडाध्यक्ष शम्भुकुमार केसी, थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीलगायतले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको बताएका थिए ।

सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई एक हजार मास्क वितरण गरिएको थियो ।  अभियान थानकोट, नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद