विद्यार्थीलाई ट्राफिक सचेतना अभियान

रुकुमपूर्व, २७ पौष । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताए ।

यसैक्रममा सोमबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा यो कार्यक्रम गरिएको छ । विद्यालयमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराइएको छ । विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख सेनले बताए ।

यसैगरी यातायात व्यवस्था ऐन २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । यसअघि सवारी चालकलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आएको ट्राफिक प्रहरीले अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको ट्राफिक प्रमुख सेनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित