सरकारले लागू गर्‍यो लेटर ग्रेडिङ प्रणाली

काठमाडौँ, १२ पौष । सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै माथिल्लो कक्षामा पढ्न कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था लागू गरेको छ ।

पुस ७ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनिल’ले मन्त्रीस्तरीय निर्णय गर्दै ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ ल्याएका हुन् । यो निर्देशिका लागूसमेत गरिसकिएको छ ।

यो निर्देशिका लागू भएसँगै विद्यार्थी पास हुन अब विषयपिच्छे कम्तीमा ३५ अंक ल्याउनै पर्छ। यसअघि पास हुन विद्यार्थीले ३२ अंकमात्रै ल्याए पनि पुग्थ्यो । ३५ भन्दा कम अंक ल्याएका विद्यार्थीलाई सर्टिफिकेट नै नदिने निर्देशिकाको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्व हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक भएको

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

नुवाकोट, १९ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह

काठमाडौँ, १८ भदौ । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्