बालबालिकालाई विद्यालयमै खोप

बैतडी, ५ पौष । मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए । 

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने भएको हो ।

जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेसप्रसाद भट्टले जानकारी दिए । पुस ६ गते सुरु हुने उक्त अभियान पुस ११ गते सम्पन्न हुने जनाइएको छ । मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । अहिलेसम्म बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित