शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो

काठमाडौँ, ३ पौष । अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन् ।

यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ । सो आर्थिक वर्षमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ भदौ । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको

एजेन्सी, १८ भदौ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित डाउनटाउन क्षेत्रमा बुधबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

एजेन्सी, १७ भदौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि

एजेन्सी, १७ भदौ । थाइल्यान्डले ६० भन्दा बढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने