अनेरास्ववियु भक्तपुर क्याम्पसद्वारा ३१ सदस्यीय कमिटी चयन

भक्तपुर, २९ मंसिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीले निर्विरोध रुपमा ३१ सदस्यीय क्याम्पस कमिटी चयन गरेको छ ।

हिजो क्याम्पस कमिटीको १९औं सम्मेलनबाट यादव दुलालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्माण गरेको हो । उपाध्यक्षमा नविन शर्मा, सचिवमा संगित दाहाल, सहसचिव जोशा मगर, सहसचिव लक्ष्मण भुसाल, सहसचिव सिर्जना बडाल, कोषाध्यक्ष प्रकाश शर्मा रहनुभएको कमिटी निर्माण गरेको हो । कमिटीमा २४ जना सदस्य रहनुभएको छ । जसमा २७ सदस्यीय कमिटी हिजो चयन गरिएको छ भने बाँकी ४ जना मनोनित गरिने बताइएको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष उमेश आचार्य, विशेष अतिथि स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख नारायण घर्ती, अतिथिहरुमा स्थायी कमिटी सदस्य, संजय दवाडी, सचिवलय सदस्य तथा एमाले चाँगुनारायण नगरकमिटीका उपाध्यक्ष जयराम बाँस्तोलालगायतको उपस्थितीमा कमिटी निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा