‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम सञ्चालनमा आउने

(साउन १, काठमाडौं) । जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम साउन २ गते बुधबारदेखि प्रसारणमा आउने भएको छ ।

नेपाल टेलिभिजनबाट लगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ । कार्यक्रमको संचालन मनोज पाण्डेले गर्नेछन् । एक घण्टा लामो यो कार्यक्रमको निमार्ण कथा नेपालले गरेको हो ।

कथा नेपालले नेपालमा सोलुसन बेस्ड जर्नालिज्म या कन्सट्रक्टिभ जर्नालिज्मको अभ्यास गर्ने पहिलो कम्पनी हो । आशा, उत्साह र उत्सवलाई कम्पनीले मुल मन्त्र बनाएको छ । कथा नेपालले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको सैद्धान्तिक जग पनि यसैलाई वनाएको छ ।

पत्रकारिताले समाजमा आशा जगाउन सक्नुपर्छ । आशाले उत्साह भर्छ । उत्साही व्यक्तिले नै समाजमा नयाँ र सकारात्मक काम गर्छ र त्यो सकारात्मक परिणामको उत्सव मनाउनुपर्छ । अर्को शब्दमा पत्रकारिताले समाजका खाल्टाखुल्टी मात्र देखाउने होइन, ती खाल्टाखुल्टी कसले पुर्दैछ वा कसरी पुर्न सकिन्छ भन्ने पनि सँगसँगै देखाउनुपर्छ । यसले समाजमा समस्या मात्र होइन, आशाको पनि सञ्चार हुन्छ । जसलाई पोजेटिभ जर्नालिज्म, सोलुसन बेस्ड जर्नालिज्म या कन्सट्रक्टिभ जर्नालिज्म भनिन्छ ।

यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली निर्माण गरिएको छ । यसबाहेक विषयगत रूपमा आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना कथा नेपालको छ । कार्यक्रमका लागि लाग्ने सम्पूर्ण खर्चको स्रोत व्यवस्थापन कथा नेपाल आफैंले गर्नेछ । पत्रकारितामा खर्चको स्रोत व्यवस्थापन भन्नाले विज्ञापन व्यवस्थापन हो । यसका लागि कथा नेपालले छुट्टै विज्ञापन नीति समेत बनाएको छ । ‘जनतासँग प्रधानमन्त्री’ मा कुनै पनि आयातीत सामान, गुणस्तर विभागले तिम्रा सामान गुणस्तरीय छैनन्, पब्लिकलाई नबेच भनेका सामान, स्वास्थ्यमा प्रतिकुल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा यस सम्बन्धी कानुनी झमेलामा फसेका कम्पनीको उत्पादन र सेवाको विज्ञापन बजाइने छैन । हामी चाहान्छौं– स्वस्थ व्यापार गर्ने र स्वच्छ व्यावसाय चलाउने तथा रोजगारी सिर्जना गर्ने उद्यमीले ‘जनताासँग प्रधानमन्त्री’ मा विज्ञापन बजाउँदा आफ्नो प्रतिष्ठा बढेको महसुस गरुन्, कार्यक्रम प्रस्तोता तथा निर्माता मनोज पाण्डेले भने ।

यसवाहेक कथा नेपालले लामो समयदेखि सकारात्मक समाचार, सफलताका कथा, उद्यम र उद्यमशीलताका सम्भावना, चुनौति र समाधानको पाटामा केन्द्रित रहेर कान्तिपुर टेलिभिजनमा ‘मनी टक्स’ र अनलाईन ‘हाम्रो कथा डट कम’ सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र