मेची भन्सारबाट दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ ।

कार्यालयका अनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको छ ।

भदौमा साउनको तुलनामा राजस्व सङ्कलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएकामा भदौमा ९४.७३ प्रतिशत पुगेको हो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका