४२२.५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका भारतको दिल्लीका करिब ४६ वर्षीय असलम शोकतलाई विमानस्थल परिसरमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको हो। 

शङ्का लागेर चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर) भित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा उक्त सुनजस्तो देखिने पदार्थ फेला परेको थियो ।

अवैध रूपमा भित्र्याउन खोजिएको उक्त पदार्थसहित नियन्त्रणमा लिइएका शोकतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate